सिमरा गोल्डकप बिहीबारदेखि, १० टिम सहभागी हुने

0
92


२ माघ, सिमरा । सिमरा गोल्डकपको दशौं संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

आयोजक नव जागृति युवा क्लबले सिमरामा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ । सिमरा रंगशालामा हुने प्रतियोगिता ३ गते (बिहीबार) देखि १२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनका त्रिभुवन आर्मी क्लब, सिएमजी संकटां, एपीएफ, सरस्वती युथ क्लव, हिमालयन शेर्पा,रुस्लान थ्रीस्टार क्लव, , नेपाल पुलिस क्लव रहनेछन् भने मोफसलबाट विज्ञान मेमोरियल फाउण्डेसन बीरगञ्ज, मकवानपुर-११ र आयोजक नवजागृति युवा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेतालाई ६ लाख ५१ हजार र उपबिजेताले ३ लाख प्राप्त गर्नेछ । यो पुरस्कार राशी अघिल्लो वर्षको भन्दा ५०/५० हजारले बढाइएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुजुकी मोटरसाइकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक लगायतका अन्य बिधामा जनही २० हजार प्राप्त गर्ने भएका छन् । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यसवर्ष १० हजार नगदसहित ट्रफि दिने भएको छ ।

यस्तै, यसवर्षदेखि उदयमान खेलाडी पुरस्कार पनि दिइने भएको छ । खेल अवधिभरबाट उदयमान खेलाडी छनौट गरी नगद १५ हजार राशी प्रदान गरिने छ ।

यसपटक ७ हजार दर्शकले प्याराफिटबाटै खेल हेर्ने अपेक्षा गरिएको क्लवका अध्यक्ष कासिम मियाल बताए ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले गर्नेछन् । पहिलो खेलमा मकवानपुर-११ लाई आयोजक क्लव नव जन जागृतीले सामना गर्नेछ ।



#OnlineKhabar

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here