केपी कमरेड! रेशम चौधरीलाई सपथ खुवाउदा बालकको सम्झनाले पोल्दैन ?

0
217

काठमाडौं : कैलाली क्षेत्र नम्बर- १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संसदमा गणितीय बल थप्ने नाममा कानुनको खिल्ली उडाएको कांग्रेसले आरोप लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै चौधरीलाई शपथ गराउने सरकारको तयारी नैतिक र राजनीतिक कोणबाट गलत भएको भन्दै टिप्पणी गरेका हुन्।

अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ ग्रहण गराउने सरकारको तयारीले कानुनी राज्यकै खिल्ली उडाउन खोजेको आरोप लगाएका छन्। प्रवक्ता शर्माले कैलाली घटनाका क्रममा ओलीले प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन् भनेको भनाइ उल्लेख गर्दै उनले घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपाने, दूधे बालक, प्रहरी जवानहरू र आफ्नै शब्दले पोल्दैन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्। ‘केपि कमरेडको `रामराज्य´ मा… कंचनपुरकि बालिकाले न्याय पाइनन्,कैलालीका अधबैंसे `गोदबा´ थाप्दैछन् ! हिजोको भासण र आजको `सुशासन´ विच नाता सकियो!’, उनको ट्वीटमा उल्लेख छ। प्रवक्ता शर्माले मयुरको नक्कली प्वाँख क्रमश: झर्दै गएको भन्दै प्रधानमन्त्री ओलीप्रति व्यंग्य पनि गरेका छन्। कैलाली घटनाका मुख्य अभियुक्तको आरोपमा कारागारमा रहेका चौधरीले केहीबेरमा शपथ लिने कार्यक्रम छ।

 

The post केपी कमरेड! रेशम चौधरीलाई सपथ खुवाउदा बालकको सम्झनाले पोल्दैन ? appeared first on Sidhanews.

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here