‘केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक’

0
118

१६ पौष, काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरेका छन् ।

राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको उल्लेख गरे ।

अध्यक्ष पशुपति शमशेर राणा

काठमाडौंमा सोमबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको बताए । राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि राणाले असन्तुष्टि जनाए ।

राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शितल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाले आपत्ति प्रकट गरे ।राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको उनले स्पष्ट पारे ।

The post ‘केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक’ appeared first on Sidhanews.

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here