‘अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा खोज्छु’ प्रधानमन्त्री ओली

0
531

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् । प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ,’ नेकपा नेता योगेश भट्टराईले भने, ‘आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।’

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए । अनलाइनखबर

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here