मुला खाएर पाउने यी ४ चमत्कारि फाइदाहरु जान्नुहोस

0
847

मुला भनेपछि मान्छे मतलब राख्दैन् । तर उनीहरुलाई यो थाहा छैन् कि मुलाले हाम्रो स्वास्थ्यका लागि उपयोगी काम गर्छ भनेर । अहिले धेरैमा मृगौलामा पत्थरीको समस्या छ । तर त्यही मृगौलामा भएको पत्थरी निकाल्न मान्छेले ठूलो खर्च गरिरहेको हुन्छ । उनीहरुलाई त्यो पत्थरी मुलाले निकाल्न सक्छ भन्ने थाहा छैन् ।

मुलामा क्षार बढी मात्रामा पाइने हुन्छ । जसले किड्नीमा रहेको पत्थरीलाई गलाएर यसलाई शरीरबाहिर निकालिदिन्छ ।

पत्थरी निकाल्न कसरी खाने त मुला ?
पात सहितको मुलालाई पिस्नुहोस् । त्यसपछि एक ग्लास रस निकाल्नुहोस् । त्यसमा एउटा कागतीको रस, एउटा चिया चम्चाको चार भाग मरिच मिसाएर दिनहुँ बिहान पिउनुहोस् । त्यसबाहेक मुलाको सलाद, मुलाको तरकारी पनि मिलेसम्म खानुहोस् । यसो गरेमा किड्नीमा रहेको पत्थरी गलेर निस्किने सम्भावना रहन्छ ।

मुलाको एक महत्वपूर्ण फाईदा भर्खरै बतायौँ । अब हेर्नुहोस् मुलाका अन्य चार फाईदाहरु:

१. पिसाब खुलाउँछ
तपाईलाई पिसाब नखुल्ने समस्या छ भने मुला उपयोगी हुन्छ । किड्नीको समस्या, कब्जियतलगायत कारणले गर्दा पिसाब बन्द भएको अवस्थामा मुलाको बिउ आधा चम्चालाई पिसेर ग्लासमा हाली त्यसमा पानी र एकचौथाई कप मुलाको रस मिसाएर दिनमा तीनपटक पिउने हो भने पिसाब खुल्छ र पिसाब पोल्ने समस्या पनि कम हुन्छ । यसका लागि हरेक दुई घण्टामा मुलाको रस आधा कप पिउने गर्नुहोला ।

२. प्रोस्ट्रेटबाट जोगाउँछ
तपाईँले दुई कप मुलाको रसमा तीन चम्चा मह मिलाएर बिहान पिउने गर्नु भयो भने प्रोस्ट्रेट ग्रन्थी सुनिने र यसका कारण पिसाब रोकिने समस्या कम बनाईदिन्छ ।

३. जन्डिसबाट जोगाउँछ
अहिले नेपालमा जन्डिस भयावह छ । मुलाको पातको ५० ग्राम रसमा १० मिस्री १० मिसाएर बिहान पिउने गर्नु भयो भने सबैखालका जन्डिस कम हुन्छ ।

४. पेट स्वस्थ राख्छ
तपाईँलाई पेटसम्बन्धी समस्या भएमा मुलाको तरकारी र सलाद खानुहोला । खानासँग मुलाको सलाद खाने हो भने तपाईँको पेटको समस्या कम हुनेछ । यदि मुला खाँदा सास गनाउँने भया भने, मुला खाएपछि गुड खानुहोला सास गनाउन कम हुने हुन्छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here